६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

नेकपाका बागमती प्रदेशका सांसदहरूको दशैँभत्ता प्रदेश कोभिड कोषमा जम्मा हुने


३ कात्तिक, हेटाैँडा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बागमती प्रदेश संसदीय दलले आफ्ना सांसदहरूले प्राप्त गर्ने दशैँ भत्ता बापतको रकम प्रदेश कोभिड रोकथाम तथा उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री समेत रहेका प्रदेश संसदीय दलका नेता डोरमणि पौडेलसँगको परामर्शमा दशैँ भत्ता बापतको सुबिधा कोभिड रोकथाम तथा उपचार कोषमा जम्मा गर्ने निर्णय भएको प्रमुख सचेत केशवराज पाण्डेले दैनिकीलाइ जानकारी दिए ।

दशैँ भत्ताको विषयलाइ लिएर सामाजिक सञ्जाल मार्फत नागरिकहरूले खबरदारी गरिरहेको समयमा नेकपाको प्रदेश संसदीय दलका सम्पूर्ण सदस्यको दशैँ भत्ता वापतको रकम कोषमा जम्मा गर्ने निर्णय भएको हो । बागमती प्रदेश सरकारले पनि यसअघि आफ्ना मन्त्रीहरूले पाउने दशैँभत्ता बापतको रकम कोभिड कोषमा जम्मा गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार २१:४८