७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

नेपाललाई अघि बढाउने हो भने कृषिका लागि विद्वान किसानलाई सल्लाहकार बनाउ


-प्रा डा युवराज संग्राैला

दिनहरु बदलिन्छ्न, कोहि खुशी हुन्छ्न कोहि दुखी। इतिहास लामो छ, तर यसभित्र अनुभव, ज्ञान र जानकारीको भन्डार छ। भारत र चीनक बिचमा नेपालि संस्कृति, भाषा र वैभवको इतिहास लामो छ। राणाहरुले यो इतिहास जोगाउने कुनै प्रयास गरेनन, राजा महेन्द्रले केही गर्ने प्रयास गरे, जब लोकतन्त्र आयो आशा थियोे जनताले गौरव गर्ने गरि इतिहासको संरक्षण हुनेछ तर सबै ध्वस्त भयो।

१. मगध र चीनका इतिहासहरु लेखिएका छ्न। यी दुबै देशले आदिम काल देखि विद्वानहरुको उपयोग गरे, अभिलेख दुरुस्त राखे, विद्वानका कृतिहरु जोगाएर राखे। ती अभिलेखबाट उनिहरु आज शिक्दैछन। मिङ्ग बंशका एक राजाको दरबारमा “सफलता के हो” भनी छल्फल भयो बैठकमा। मन्त्रीहरु तम्शिय जवाफ दिन। प्रुमुख मन्त्रीले भने, यो जवाफ दिने जिम्मा विद्वानको हो। तब एक जना कहलिएका विद्वानको लेख पढियो। तेस्मा लेखेको थियो “मानिसको जीवनको सफलता रास्ट्रको सेवा हो। रास्ट्रका लागि काम गर्ने मानिसको महानता र गौरब इतिहासमा लिपिबद्ध भएको हुन्छ।” मन्त्रीज्युहरु, सचीव ज्युहरु तथा प्रधानमन्त्रीज्युहरु के तपाइँले इतिहासमा आफुलाइ लिपिबद्ध गर्नु भयो? यो प्रश्न समयको आवाज हो।

२. त्यो लेख लेख्ने विद्वानलाइ सम्राटले बोलाए र दरबारमा काम गर्न अनुरोध गरे। तर विद्वानले इन्कार गरे। उन्ले भने, “म दुनियाँलाई आँखा देखाउने काम गर्छु, जागिर खान्न । जुन मानिसले शिक्षा जागिर खान, जमिन किन्न र पैसा कमाउन मात्र लिन्छ, उस्को अन्त्य भ्रस्टाचारमा हुन्छ । यस्तो विद्वानले सफलता र गौरवको इतिहास खोज्दैन। हाम्रा प्रधानमन्त्री र मन्त्रीहरु कतिले रास्ट्रको सेवा बाट सफलता र आफ्नो ज्ञानको गौरव खोज्ने विद्वानहरु खोजेर देश सेवा गराउने चाहाना राख्नु भयो?

३. त्यो बैठकमा थुप्रै छलफल अरु पनि भए। मानिसले जो सत्तामा छ, उस्ले सबै भन्दा बढी माया केलाइ गर्छ? मान्त्रीले, जर्नेलले, दरबारीया सबै भने “देशलाई”। फेरि त्यो विद्वानको लेख हेरियो। त्याहां लेखेको रहेछ, मन्त्री र जागीरेले देश, आमा, घर सबै छोड्छ, तर षडयन्त्र गर्न कहिल्यै छोड्दैन। उस्ले सबै भन्दा बढी माया आफनै गर्छ। गर्धन जान दिन्छ तर पद जान दिंदैन।

४. कन्फुसियसले भनेका छन, “सबै मानिसलाई बदल्न सकिन्छ।तर धनको लोभी र पदको लोभी मानिसलाई बदल्न सकिन्न।” हामी नेपाली समाजमा यसलाइ रोगकै रुपमा उदाएको देख्न सक्छौ। कन्फुसियसको अनुभव छ, यस्तो समाजमा सबै भन्दा ठुलो पीडा विद्वान र खेती गर्ने मानिस भोग्छ। तब ज्ञान र खेती दुबै मासिन्छ्न। नेपालमा बिद्वान पनि सबै मासिए, कृषि पनि मासियो।

५. मिङ्ग बंशको ढुकुटी सकिएको थियो। उस्ले धान खेत मासेर किम्मुको खेती गरि व्यापार बढाउने बिचार गर्यो। तर किसानले बिद्रोह गरे। तब फुजियनबाट एक बिद्वान शिक्षकलाई बोलाइ हाकीम बन्न अनुरोध गरियो। धेरै फकाए पछी उन्ले माने। तब उन्लाइ सोधियो, कसरी काम फत्ते गर्नु हुन्छ। उन्ले भने, १. अन्वेषणद्वारा कामको तयारी गर्छु किनकि राम्रो तयारीले सफलता जन्मांउछ।” २. तर अहिले धेरै समस्या छ्न, जनता बिद्रोह गर्दैछ्न, राजाले सोधे। “तेसैले म सफल हुन्छु बिद्रोह गर्ने जनताले सांचो र झुठो छुट्याउन सक्छ।” ३. तर म सम्राट सङ्ग पनि नडराउने जनताले तिमिलाइ कसरी मालिक मन्ला? उन्ले जवाफ दिए, “म त उनीहरुको सेवक हुन्छु, मालिक होइन। किनकी हेभेनले यो जमिन काम गर्नेलाई दिएको हो, शासन गर्नेलाई होइन।” राजा उनिसङ्ग डराए। उन्लाइ काममा लगाएनन। यिनै राजाहरु नेपालमा जन्मिएका हुन त? नत्र किन विद्वानलाई निशेध र बद्नामलाइ पदक दिइन्छ नेपालमा?

६. राजाले सोधे, समस्याको समाधान कसरी गर्ने होला ? विद्वानले भने, “हरेक समस्याका बारेमा तीन पटक सोच्नु होस, जाल्साज गर्न होइन समाधान निकाल्न। १. पहिला त हस्तक्षेप गर्ने खतरा मोल्नु होस, आंट गर्नु होस। २. तर तेस हस्तक्षेपबाट फर्किनुपर्ने आवस्यकताका बारेमा पनि सोच्नु होस। र ३. सहि अवसर र उपाए के खोज्न विद्वानलाई काम दिनुहोस। उन्ले भने समस्या जति ज्यादा जटिल छ, तेस बाटै जित हासिल हुन्छ। नेपाल गरिव छ, जनता बिपन्न छन, र परिबर्तन जटिल छ। त्यो नै नेपालले समृद्धि प्राप्त गर्ने अवसर र जितको पुर्वशर्त हो। तर हाम्रा नेताहरूलाई विद्वानहरुको बास्ना मन पर्दैन।

नेपालले एक दिन परिबर्तनको सामना गर्नै पर्छ। इतिहासमा नेपालका दुबै छ्मेकी समाजमा एउटा उखान रहेछ। “आधिं जति ठुलो र भयंकर हुन्छ, तेस्को अवधी तेति नै छोटो हुन्छ।” चाणक्यले धननन्दलाइ भनेका थिए, तिमी जति लम्पट बन्छौ, तेतिनै चांडो जनताका आँखा खुल्छन। सरकारलाइ मेरो अनुरोध छ, नेपाललाई अघि बढाउने हो भने कृषिका लागि बिद्वान किसानलाई सल्लाहकार बनाउ, तेस्तै तेस्तै।

(प्रा डा संग्राैलाले सामाजिक सञ्जालमा व्यक्त गरेको विचार सान्दर्भिक भएकाले यहाँ प्रस्तुत गरिएको हो-सम्पादक)

प्रकाशित मिति : २ कार्तिक २०७७, आईतवार १२:१०