१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

नेपाली सेनाको पृतनापति सम्मेलनमा प्रधानमन्त्री ओलीको सम्बोधन


२ कातिक, काठमाडाैँ । नेपाली सेनाले तीन दिने पृतनापति सम्मेलन आजदेखि सुरू भएको छ । सम्मेलनको उद्घाटन भर्चुवल माध्यमबाटै रक्षामन्त्री समेत रहनु भएका प्रधानमन्त्री केपी शर्मा अोलीले गर्नुभएको छ । उहाँले नेपाली सेनाले कोभिड-१९ प्रतिकार्यमा गरेको कामको प्रशंशा गर्दै अझै जिम्मेवार भएर काम गर्न निर्देशन दिनुभएको छ ।

सम्मेलनमा देशको शान्तिसुरक्षाका साथै कोभिड-१९ प्रतिकार्यमा प्राप्त भइरहेको सफलता, आँकलन र भावी रणनीतिबारे समीक्षा हुने सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिनुभएको छ । प्रत्येक छ-छ महिनामा नियमितरुपमा हुने सम्मेलन भर्चुवल माध्यममै भए पनि तीन दिनसम्म चल्नेछ ।

सम्मेलनमा सेनाका आठ पृतनापतिले आ-आफ्ना कार्य क्षेत्रमा भए गरेका उपलब्धि, देखिएका चुनौती र समाधानका लागि चालिनुपर्ने कदमबारे रायसुझावसहितको प्रस्तुतीकरण गर्नेछन । कोरोनाको पूर्वी कामु पृतनापतिमा सन्तोष ढकाल, मध्यपूर्वी पृतनापतिमा सुरेश कार्की, मध्य-पृतनापतिमा ताराध्वज पाण्डे, उपत्यका पृतनापतिमा आनन्दकुमार अधिकारी, पश्चिम पृतनापतिमा गोकुल भण्डारी, मध्यपश्चिम पृतनापतिमा सञ्जय थापा, उत्तरपश्चिम पृतनापतिमा विज्ञानदेव पाण्डे र सुदूरपश्चिम पृतनापतिमा निर्मलकुमार थापा रहनुभएको छ । उपरथीको नेतृत्वमा रहने सेनाका पृतना इटहरी, धनुषा, हेटौँडा, काठमाण्डौ, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा छन् ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आईतवार ११:३६