१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

शाहीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गरिहालाैँ भन्ने एक निरज आचार्य पनि हुनः नेता कडेँल


२ कातिक, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कर्णाली प्रदेशमा चर्किएको विवाद अझै सेलाएको छैन । नेकपा कर्णालीका नेताहरू अहिले काठमाडौँमै रहेका छन । मुख्यमन्त्रीविरूद्धको अविश्वासको प्रस्ताव छापामार शैलीमा आएको भनेर कतिपय विश्लेषण गरे पनि त्यसको नेतृत्व गरेका नेकपा नेता यमलाल कडेँलले भने एक वर्षदेखि मुख्यमन्त्रीलाइ सुधार्न गरिएको प्रयास असफल भएपछिको उपज भएको बताएका छन ।

कडेँलले कसैको उक्साहटमा पनि अविश्वासको प्रस्ताव नआएको भन्दै त्यसमाथि छलफल हुने बताउँदै आएका छन । उनले नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर आफ्ना कुरा राखिसकेका छन । आइतबार बिहान रेडियो कान्तिपुरको द हेडलाइनर्समा कुरा गर्दै उनले अवश्वासको प्रस्ताव सम्बन्धी एउटा रहस्य पनि खोलेका छन ।

अविश्वासको प्रस्ताव दर्ता भएको भोलिपल्टै केहीले नेकपाका केन्द्रीय सदस्य निरज आचार्यको पहलमा मुख्यमन्त्री पदको जोगिएको र माधव नेपाल र प्रचण्ड गुट मिलेर मन्त्रिपरिषद्को विस्तार गर्ने सहमति भएको भन्दै प्रचार गरिएको थियो । तर, नेता कडेँलले आइतबार बिहान आचार्य पनि अविश्वासको प्रस्ताव छिटो प्रस्तुत गर्नुपर्छ भन्ने एक जना योजनाकार रहेको बताए ।

उनले अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने २ नम्बरमा नाम भएका सांसद चन्द्र शाहीसँग आचार्यले भेटाएर छिटो भन्दा छिटो अविश्वासको प्रस्ताव दर्ता गर्नुपर्ने विषयमा आफूसँग कुरा भएको बताएका हुन । आचार्यकै अनुरोधमा चन्द्रजीहरू अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्न तयर भएका थिए । योसँगै नेकपा कर्णाली प्रदेशको विवाद बल्झाउनका लागि केन्द्रीय नेता नै लागेको देखिएको छ । पछि उनै आचार्य मिलाउन लागेको भनेर प्रचार गराइनुले कर्णालीमा माधव नेपाल गुटको नियत छरपस्ट भएको छ ।

 कडेँलले द हेडलाइनर्समा भनेका छन ‘म मुख्यमन्त्री हुनका लागि हाेइन, याे विषय हाेइन । सरकार सञ्चालनकाे ताैरतरिका युद्धकालीन जनसरकारकाे जस्ताे त हुनुभएन नि ! खास विषय याे हाे ।” प्रदेश सभा सदस्य यमलाल कँडेलकाे याे भनाइ निकै मननयाेग्य छ।’

प्रकाशित मिति : २ कार्तिक २०७७, आईतवार ०८:४१