८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

दिल्ली क्यापिटल्स आईपीएल क्रिकेटको शीर्ष स्थानमा


२ कातिक, काठमाडाैँ । दिल्ली क्यापिटल्स आईपीएल क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा चेन्नई सुपर किङ्ग्सलाई ५ विकेटले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो ।

चेन्नईले दिएको १ सय ८० रनको लक्ष्य दिल्लीले १९ ओभर ५ बलमा ५ विकेट गुमाएर पूरा गर्यो। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो ।

जितसँगै दिल्लीले ९ खेलमा १४ अंक जोडेको छ । दिल्लीको यो सातौं जित हो । चेन्नईले ९ खेलमा ६ अंक जोडेको छ । चेन्नई तालिकाको छैठौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आईतवार ०७:४७