१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

शनिबार बरामद गरिएको २३ किलो सुन दुई घण्टापछि नै सुनजस्तो देखिने बस्तु भयो !


१ कातिक, काठमाडाैँ । शनिबार पर्सा प्रहरीले  बरामद गरेको २३ किलो सुन दुइ घण्टामै सुनजवस्तो देखिने बस्नु भएको छ ।  शनिबार अपराह्न ४ बजेर १३ मिनेटमा २२ किलो ६७५ ग्राम सुन बरामद गरेको समाचार भाइरल बनेको थियो । पर्सा प्रहरीले पठाएको विज्ञप्तिबाट सबैले करिब २० करोड मूल्यको सुन बरामद भएको समाचार दिए ।

तर, पर्सा प्रहरीले दुइ घण्टापछि विज्ञप्ति सच्याउँदै सुनजस्तो देखिने बस्तु बरामद भएको जनाएको छ । बरामद हुनासाथ सुन भनेर विज्ञप्ति पठाएको पर्सा प्रहरीले नै साँझ ६ बजेर २१ मिनेटमा अर्को विज्ञप्ति पठायो । जसमा उल्लेख थियो, २२ किलो ६७५ ग्राम सुन बरामद भएको भनिएकोमा सुनजस्तो देखिने पदार्थ भएकाले सच्याइएको उल्लेख छ । यसअघि पनि सुन बरामद भएर पितल बनेको धेरै घटनाहरू भएका कारण यसमा पनि धेरैले शंका गरेका छन । यद्यपी विस्ताै सबै तथ्यहरू बाहिर अाउँदै जानेनै छ ।

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार २१:१९