१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

शिलालेखमा नाम नहुँदा नेकपा नेतृ प्रेमकुमारीले सार्वजनिकस्थलमै रमिता देखाइन (भिडियोसहित)


१ कातिक, कैलाली । शिलालेखमा नाम नभएको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ प्रेमकुमारी थापाले शनिबार भएको एउटा उद्घाटन कार्यक्रममा रमिता प्रस्तुत गरेकी छिन । कैलालीको घोडाघोडी नगरपालिकाको उपमेयर समेत रहेकी थापाले तीन वटा भवनको उद्घाटन गर्दा पनि एउटा पनि आफ्नो नाम नभएको र आफूलाइ महिला भएर हेपेको भन्दै रमिता प्रस्तुत गरेकी हुन । प्रेमकुमारीले सार्वजनिक कार्यक्रममै देखाएको उदण्डता सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

घोडाघोडी नगरपालिका–७ को वडा कार्यालय भवन हस्तान्तरण कार्यक्रममा थापाले यस्तो रमिता देखाएकी हुन । उनले शिलालेखामा ढुंगा हान्ने र थुक्ने काम गरेको भिडियोमै प्रष्ट देख्न सकिन्छ । उनको असन्तुष्टि सम्बोधनका लागि छलफल गरेको भए राम्रो हुनेथियो तर उनले कार्यक्रमै रमिता प्रस्तुत गरेर आफ्नो पहिचान सबैका सामू छर्लङ्ग पारिदिएकी छिन ।

 

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार २०:४२