१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

उपप्रधानमन्त्री पोखरेलको प्रधानमन्त्री कार्यालयको जिम्मेवारी यसकारण महत्वपूर्ण छ


-शारदाप्रसाद त्रिताल 

प्रधानमन्त्रीको कार्यालय हेर्न मन्त्रीको व्यवस्थाको औचित्य !

१ हिजोको मन्त्रिमण्डल हेरफेरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय (प्र म का) हेर्ने गरी मन्त्रिमण्डलका वरिष्टतम सदस्य उपप्रधानमन्त्री माननीय इश्वर पोख्रेललाई तोकेको सम्बन्धमा विभिन्न धारणाहरु व्यक्त भइरहेको देखिन्छ ।

२ मेरो विचारमा वर्तमान प्रधानमन्त्रीले गर्नु भएको एउटा राम्रो काम हो यो । यो काम उहाँले शुरुमा नै गर्नु पर्ने थियो । किनभने प्रधानमन्त्रीलाई देहायका कार्य गर्न उहाँकोको विश्वासपात्र र वरिष्टतम मन्त्री आवश्यक हुन्छ-

(क) प्र म का देशको शासन सञ्चालनको केन्द्रविन्दु हो । यो उच्चतम मन्त्रालय वा मन्त्रालयको पनि मन्त्रालय (Super Ministry) हो । यसले सबै मन्त्रालय र प्रदेश तथा स्थानीय सरकारको काम कारवाहीमा सम्बन्ध स्थापित गर्ने र समन्वय तथा सहकार्य गर्ने हैसियत राखेको हुन्छ ।

(ख) नयाँ नीति वा कानुन बन्नु अघि व्यापक छलफल र विश्लेषण गर्ने थलो हो प्र म का । यसको संयजन गर्ने कार्यमा प्रधानमन्त्रीलाई वरिष्ठतम मन्त्रीले सहयोग पुर्याउन सक्ने हुन्छ ।

(ग) सुशासन ऐन लगायतका शासन सञ्चालन सम्बन्धी कानुनहरुको कार्यान्वयनमा संयोजन गर्ने कार्यमा सहयोग आवश्यक हुन्छ ।

(घ) प्रदेश र स्थानीय सरकारसँग सम्बन्ध समन्वय र सहकार्य गर्ने कार्यमा संयोजन गर्नुपर्ने हुन्छ ।

(ङ) राष्ट्रिय मूल नीति र क्षेत्रगत नीतिको कार्यान्वयनमा समन्वय र संयोजन गर्नुपर्ने हुन्छ ।

(च) देशका महत्वपूर्ण विकास आयोजनाको अनुगमनको उच्चतम अनुगमन (Super Monitoring) गर्नु आवश्यक हुन्छ ।

३ अव सकारात्मक आशा गरौं –
(क) बालुवाटारमा साँगुरिएको शासन व्यवस्था सिंहदरबार हुँदै देशैभरि फैलियोस् ।

(ख) प्र म का हेर्ने उपप्रधानमन्त्री र नयाँ मुख्य सचिवको प्रयासले सुधारका संकेतहरु उजागर हुन सकुन् ।

(ग) निराशामा बाँच्न विवश जनताले आफ्नो लागि सरकार पनि छ भन्ने महसुस गर्ने अवसर पाइयोस् ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार २२:३८