१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

इश्वर पोखरेल अब छायाँ प्रधानमन्त्रीको भूमिकामा


२८ असोज, काठमाडौँ । उपप्रधानमन्त्री इश्वर पोखरेलले छायाँ प्रधानमन्त्रीको भूमिका पाएका छन । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का सचिवालय सदस्य रहेका पोखरेलले बुधबार भएको मन्त्रिपरिषद्को पुनर्गठनमा छायाँ प्रधानमन्त्रीको भूमिका निर्वाह गर्ने गरी जिम्मेवारी तोकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा उपप्रधानमन्त्री पोखरेललाइ प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको जिम्मेवारी तोकिएको छ ।

बुधबार अबेर राष्ट्रपति कार्यालय शितल निवासबाट सहप्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा उपप्रधानमन्त्री पोखरेललाइ प्रधाामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी दिइएको उल्लेख गरिएको छ । पोखरेलले मन्त्रिपरिषद सदस्यहरूको कामको संयोजन गर्ने विषयमा प्रधानमन्त्रीसँग सहमति भएको छ । प्रधामन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी पोखरेललाइ तोकिएपछि रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री स्वयंले लिएका छन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् पुनर्गठनसँगै तीन जना नयाँ सदस्य मन्त्रिपरिषद्मा थपेका छन । प्रधानमन्त्रीले अर्थमन्त्रीमा विष्णु पौडेल सहरी विकासमन्त्रीमा कृष्णगोपाल श्रेष्ठ र महिला मन्त्रालयमा लिलानाथ श्रेष्ठलाइ जिम्मेवारी दिँदै मन्त्रिपरिषद् २५ सदस्यीय बनाएका छन । प्रधानमन्त्रीले सञ्चार मन्त्रालयको जिम्मेवारी पार्वत गुरूङलाइ दिएका छन । नवनियुक्त मन्त्रीहरूले बिहीबार पद तथा गोपनियताको शपथ खानेछन ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार २०:४९