१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

आईपीएलमा राेयल च्यालेञ्जर्स बेग्ङ्लाेरको पाँचाैं जित


२७ असोज, काठमाडाैँ । आईपीएलमा रोयल च्यालेञ्जर्स बेग्ङ्लाेरले पाँचाैं जित निकालेकाे छ । गएराति भएकाे खेलमा काेलकातालाई ८२ रनले हराउँदै बेग्ङ्लाेर लिगकाे तेस्रो स्थानमा उक्लिदैँ पाँचै जित निकालेको छ । सुरूपाती ब्याटिङ गरेको बेग्ङ्लाेरले निर्धारित ओभरमा २ विकेट गुमाएर १९४ रन बनाएकाे थियाे ।

जवाफमा कोलकाता २० ओभरमा ९ विकेट गुमाउँदै ११२ रनमा रोकियो । जितसँगै बेग्ङ्लाेरले सात खेलमा १० अंक बनाएको छ । उसले अहिलेसम्म पाँच जित र दुई हार व्यहाेरेकाे छ । यस्तै कोलकाताले सात खेलमा चार जित र तीन हार छ । उसको ८ अंक रहेको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलवार ०७:२८