१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

जाजरकोटका पाँच स्थानमा स्वास्थ्य संस्था निर्माणको काम शुरु


२४ असोज, जाजरकोट । नागरिकको स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउनका लागि पाँच स्थानमा एकै पटक स्वास्थ्य संस्थाको निर्माण शुरु भएको छ । स्वास्थ्य संस्था निर्माण शुरु भएसँगै स्थानीयवासी खुशी भएका छन् । कुनै न कुनै स्वास्थ्य समस्याबाट पीडित बन्दै आएका दुर्गम स्थानमा सङ्घीय र स्थानीय सरकारको सहकार्यमा स्वास्थ्य संस्था निर्माण शुरु भएसँगै गाउँमै औषधि पाउने भन्दै स्थानीयवासीले खुशी व्यक्त गरेका हुन् ।

जिल्ला सदरमुकाममा ५० शय्या, पूर्वको नलगाड नगरपालिकाको दल्लीमा १५ शय्या, छेडागाड नगरपालिकामा १५ शय्या, जिल्लाको अति विकट मानिएको बारेकोट गाउँपालिकामा १५ शय्या र पश्चिम जाजरकोटको शिवालयमा १० शय्याको अस्पताल निर्माणका लागि स्वीकृत भएको र केही समयपछि निर्माण शुरु हुने वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिनुभयो ।

“स्वास्थ्य क्षेत्रमा क्रान्ति नै ल्याउने योजनाका साथ एकै पटक पाँच वटा स्वास्थ्य संस्थाको निर्माण कार्य शुरु हुनेछ” उहाँले भन्नुभयो, “ पायक पर्ने ठाउँमा स्वास्थ्य संस्था नहुँदा रोग पालेर बस्नुपर्ने जाजरकोटवासीको समस्या स्वास्थ्य संस्था निर्माणसँगै हल हुनेछ ।”

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार २०:५९