१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

लमजुङमा असिनाले तरकारी र फलफुलमा क्षति पुग्याे


लमजुङमा असिनाले व्यापक क्षति पुयाएको छ । आईतवार अपराह्न परेको असिनाले मध्यनेपाल नगरपालिकामा अत्यधिक क्षति पु¥याएको हो ।

असिनाले तरकारीबाली तथा फलफूलमा व्यापक क्षति पु¥याएको स्थानीय खेमराज पौडेलले जानकारी दिए । असिनापानीले किसानको तरकारी बालीसहित फुल्दै गरेको आँप, नासपाती, आल्चालगायत फलफूल सखाप पारेको पौडेलले बताए ।

असिनापानीले व्यापक क्षति बनाएपछि किसान मर्कामा परेको भन्दै मध्यनेपाल नगरपालिका प्रमुख रमेशकुमार पाण्डेले पीडित किसानलाई उचित क्षतिपूर्तिको लागि पहल गर्ने बताए ।

प्रकाशित मिति : १४ फाल्गुन २०७४, सोमबार १०:३६