१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

कांग्रेस सभापति देउवाद्धारा तीन गुटका तीन जना केन्द्रीय सदस्यमा मनोनित


२४ जेठ, काठमाडौँ । नेपाली कांग्रेसले स्वर्गीय खुमबहादुर खड्काकी श्रमिति शीला शर्मा खड्कासहित तीन जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीलासहित दिलबहादुर घर्ती र शिवप्रसाद हुमागाईलाई केन्द्रीय सदस्यमा मनोनय गरेका छन ।

देउवाले पार्टी विधानको धारा ४९(१३)(क) र (ख) बमोजिम दमननाथ ढुंगाना (काठमाडौँ), तीर्थराम डंगोल (काठमाडौँ) र हिरादत्त भट्ट (कैलाली) लाई नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य पदमा मनोनयन गरेका छन् । देउवाले महासमिति बैठक र जिल्ला सभापतिहरुको भेला अघि पार्टी मिलाउने खोजेको जनाउ दिएका छन ।

मनोनित भएका मध्ये शीला शर्मा खड्का दिवंगत कांग्रेस नेता खुम बहादुर खड्काकी पत्नी हुन् । त्यस्तै दिलबहादुर घर्ती बरिष्ठ नेता रामचन्द्र पौडेल तथा महामन्त्री डा शशांक कोइराला निकट मानिन्छन् भने शिवप्रसाद हुमागाई पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला निकट मानिन्छन् । महासमिति सदस्य मनोनित तीर्थराम डंगोल समेत सिटौला निकट हुन् ।

प्रकाशित मिति : २४ जेष्ठ २०७५, बिहीबार १२:०३