११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

‘नेकपाले प्रदेश इन्चार्ज र सह इन्चार्जको टुंगो लागाएको छैन, हल्लाको पछि नलागौँ’


२४ जेठ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश इन्चार्जको नाम भन्दा फेसबुकमा प्रयोजित प्रचार भएपछि हेर्डक्वाटरले कुनै निर्णय नभएको जनाएको छ । बिहीबार बिहानैदेखि फेसबुकमा नेकपाका प्रदेश इन्चार्ज र सहइन्चार्जलाई बधाइ भन्दै नेकपाका कार्यकर्ताले प्रचार गरेपछि दैनिकीले हेडक्वार्टरका सचिव कृष्णगोपाल श्रेष्ठँसग सोध्दा त्यस्तो कुनै निर्णय नभएको जानकारी दिए ।

उनले प्रचारमा आएका नामहरु इन्चार्ज र सहइन्चार्ज हुन योग्य योग्य भएपनि कसैका नाममा औपचारिक निर्णय नभएको जानकारी दिए । उनले भने ‘स्थायी कमिटीका सदस्यबाटै तोक्ने भन्ने सहमति छ तर तल्लो तहसम्मको कमिटी समायोजनका लागि कार्यदलहरु गठन भएका छन ती कार्यदलले काम नसकी इन्चार्ज तोक्ने काम हुँदैन ।’ उनले हल्लाको पछि नलाग्न आग्रह गरे ।

यस्तै प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले पछिल्लो दिनमा दुई अध्यक्षको बीचमा छलफल र भेटघाट नै नभएकाले त्यस्तो निर्णय नभएको बताए ।

फेसबुकमा प्रदेश इन्चार्ज तोकिएको भन्दै 

१ प्रदेश इन्चार्ज :योगेश भट्टराई, सह इन्चार्ज राम कार्की, २ नम्बर प्रदेश इन्चार्ज सत्यनारायण मण्डल, सह इन्चार्ज :प्रभु शाह, ३ नम्बर प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य, सह इन्चार्ज हितमान शाक्य, ४ नम्बर प्रदेश इन्चार्ज देबेन्द्र पौडेल, सह इन्चार्ज खगराज अधिकारी, ५ नम्बर प्रदेश इन्चार्ज घनश्याम भुसाल, सहइन्चार्ज जयपुरी घर्ती, ६ नम्बर प्रदेश इन्चार्ज जनार्दन शर्मा, सह इन्चार्ज यमलाल कंडेल र ७ नम्बर प्रदेश इन्चार्ज भिम रावल, सह इन्चार्ज खगराज भट्ट भन्दै बधार्इ दिनेक्रम बढेको छ । 

विराटनगरका यज्ञ शर्माले दिएको बधार्इ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७५, बिहीबार ०८:५६