८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

शैक्षिक गुणस्तरकोलागी भूपू विद्यार्थीद्वारा विद्यालयलाई २४ लाख सहयोग


१४ फागुन लमजुङ । लमजुङको एक विद्यालयलाई भूपू विद्यार्थीले करिब रु २४ लाख सहयोग गरेका छन् । विद्यालयको शैक्षिक गुणस्तरको लागि बेलायतमा रहेका भूपू विद्यार्थीले उक्त रकम सहयोग गरेको हो ।

राइनास–१० स्थित बुद्धमिलन माध्यमिक विद्यालयमा एक कार्यक्रमका बीच आइतबार विद्यालयलाई रु २३ लाख, ६५ हजार ७९७ हस्तान्तरण गरिएको थियो । बेलायतमा रहेका नेपालीसँग सहयोग संकलन गरिएको संकलन अभियानका संयोजक रुद्रराज गुरुङले बताए ।

प्रकाशित मिति : १४ फाल्गुन २०७४, सोमबार १०:१३