१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्वाचन अायोगमा दर्ता


२४ जेठ, काठमाडाैँ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकरण गरी बनाइएको नयाँ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्वाचन आयोगमा दर्ता भएको छ ।

election commission of nepal

आयोगका कानून अधिकृत अरुणकुमार झाका अनुसार आयोगको बुधबार बसेको बैठकले दुई पार्टीबीचको एकीकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दर्ता गर्ने निर्णय गरेको हो ।

दुवै पार्टीको एकता घोषणा भएसँगै पार्टीले यही जेठ ३ गते आयोगमा दल दर्ताका लागि निवेदन दिएको थियो ।

प्रकाशित मिति : २४ जेष्ठ २०७५, बिहीबार ०५:४९