७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको हकप्रद शेयर बाँडफाँट


१४ असाेज, काठमाडौँ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले हकप्रद शेयर बाँडफाँट गरेकाे छ । संस्थाको १ सय रुपैयाँ अंकित दरका ११ लाख ३१ हजार १ सय ४० कित्ता सम्म शेयरहरु असार १५ गतेसम्म कायम शेयरधनीहरुलाई बाँडफाँट गरिएको हो ।


संस्थाले एक सूचना प्रकाशित गर्दै साउन २५ गतेदेखि भदौ २९ सम्म १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गरिएकोमा सो अवधिभित्र रितपूर्वक आवेदन दिने शेयरधनीहरुलाई असोज १३ गते  हकप्रद शेयर बाँडफाँट गरिएको जनाएको छ ।सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडकाे शेयर धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकको काम सेन्चुरी क्यापिटल मार्केटस् लिमिटेडले गरेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार १५:०७