१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष कृष्णप्रसाद ताम्राकार पक्राउ, यस्तो छ कारण


२४ जेठ, काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष कृष्णप्रसाद ताम्राकारलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाको टोलीले उहाँकै निवास कमलविनायकबाट उहाँलाई पक्राउ गरी महानगरीय प्रहरी परिसर भक्तपुरको हिरासतमा राखेको छ । कमलविनायकमा सञ्चालित होटल यातुका मुख्य सञ्चालक ताम्राकार लगानीकर्ता मनसुनविक्रम शाह र सरु महतबीच होटल यातु सञ्चालन शुरु हुनुअगावै विवाद सार्वजनिक भएको थियो ।

होटलमा शाहले रु एक करोड १५ लाख लगानी गरेको र सो रकम फिर्ता गर्न माग दावी गरेका थिए भने महतले पनि लगानी गरेको बताइएको छ । ताम्राकारले दुवैको होटलमा धेरै लगानी नभएको र रु ३२ लाख मात्र लगानी भएको जिकिर गर्दै आएका थिए । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख हिमालयकुमार श्रेष्ठले महानगरीय अपराध अनुसन्धान महाशाखाबाट खटिएको प्रहरी टोलीले अनुसन्धानका क्रममा व्यवसायी ताम्राकारलाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।

उहाँले होटल यातुका सञ्चालकबीचको विवादको मुद्दामा अपराध महाशाखाले ताम्राकारलाई नियन्त्रणमा लिई कागजपत्रसहित भक्तपुर प्रहरीलाई अनुसन्धानका लागि बुझाएको बताउनुभयो ।

प्रकाशित मिति : २४ जेष्ठ २०७५, बिहीबार ०५:४३