११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

असोज २२ गतेसम्म विद्युत महसुल तिरे जरिवाना नलाग्ने


१४ असाेज, काठमाडाैँ । आगामी असोज २२ गतेसम्म विद्युत महसुल तिरे बिलम्ब शुल्क नलाग्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले कोभिड–१९ महामारीका कारण विद्युत महसुल भुक्तानीमा उपभोक्तालाई समस्या परेको भन्दै असोज २२ गतेसम्म बिल तिर्दा अतिरिक्त शुल्न नलिने जनाएको छ ।

प्राधिकरणले भदौ महिनामा देशका अधिकांश स्थानहरुमा कोभिड १९ को संक्रमणले गर्दा लकडाउन र निषेधाज्ञा भएकाले विद्युतको मिटररिडिङ तथा विलिङ समयमा हुन नसकि महशुल भुक्तानीका सम्दर्भमा उपभोक्ता वर्गमा अन्योल उत्पन्न भएको भन्दै यस्तो सूचना जारी गरेको हो ।

उपभोक्ताकाे सुविधा तथा हितलाई ध्यानमा राखी भदौ महिनाको महशुल भुक्तानी गर्दा छुट तथा थप दस्तुर लाग्ने समय हेरफेर गरी असोज २२ गते सम्म महशुल भुक्तानी गरेमा कुनै थप दस्तुर नलाग्ने र असोज २३ देखि ३० गते सम्म भुक्तानी गर्दा ५ प्रतिशत मात्र थप दस्तुर लाग्ने व्यवस्था गरिएको प्राधिकरणले जनाएकाे छ ।

कुनै उपभोक्ताले २०७७ साल भदौ महिनाको महशुल भुक्तानी गर्दा थप दस्तुर यस अघि तिरेको भए उक्त रकम आगामी विलमा समायोजन गरिने भएको छ । विद्युत मिटर रिडिङ एवं महशुल संकलन सम्वन्धि सूचना तथा विनियमावली नेपाल विद्युत प्राधिकरणको बेभसाइटमा हेर्नु हुन समेत अनुरोध छ ।’

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार १२:३२