७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

भारतका उपराष्ट्रपति वैंकैया नायडूलाई कोरोना सङ्क्रमण


१४ असोज, काठमाडाैँ । भारतका उपराष्ट्रपति वैंकैया नायडूलाई पनि कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण भएको छ । उपराष्ट्रपति नायडूको सचिवालयले ट्वीट गरेर कोरोना रिपोर्ट पोजेटिभ आएको बताएको छ । उहाँलाई घरमै आइसोलेशनमा बस्न सल्लाह दिइएको छ । उहाँकी श्रीमतीको भने कोरोना रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।

यसअघि दिल्लीका उप मुख्यमन्त्री मनिष सिसोदियाको रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको थियो । गएको २४ घण्टामा भारतमा साढे ८० हजारमा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको संख्या ६२ लाख नाघेको छ । जसमध्ये ५१ लाख ८४ हजार निको भएका र साढे ९७ हजारको कोरोना सङ्क्रमणका कारण ज्यान गएको वल्डोमिटरले जनाएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार १२:४४