८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

तीन वर्षमा बर्दियालाई बाढीपीडितमुक्त उर्जामन्त्री पुनको घोषणा


२४ जेठ, वर्दिया । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बबई नदीको जब्दीघाटको पुल तत्काल निर्माण गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

बुधबार  गरिएको अनुगमनका क्रममा उहाँले भौतिक तथा पूर्वाधार मन्त्रालयसँगको समन्वयमा पुल निर्माण अघि बढाइने बताउनुभयो । उहाँले बबई सिँचाइ आयोजनाको नहर निर्माण तीव्र गतिमा भएकामा सन्तोष व्यत्त गर्दै पूर्व र पश्चिम गरी निर्माणाधीन ४३ किलोमिटर नहरले अन्न उत्पादनमा व्यापक बढोत्तरी ल्याउने बताउनुभयो । मन्त्री पुनले भेरी बबई डाइभर्सन सम्पन्न भएपछि बर्र्दियाको ८० प्रतिशत जमीनमा सिँचाइ सुविधा पुग्ने जिकिर गर्नुभयाो ।

अनुगमनका क्रममा उहाँले बबई–भादा औरही नदी व्यवस्थापन आयोजनाले २१ ठेक्कामा २७ आयोजना रु तीन अर्ब ९२ करोड लागतमा काम गरिरहेकामा सन्तोष व्यक्त गर्नुभयोे । बबई नदीले गर्ने कटान र डुबान नियन्त्रणका लागि शुरु गरिएको तटबन्धनले तीव्रता पाएको छ । दीर्घकालीन रुपमा बबई नियन्त्रण नहुँदा वर्षेनी बस्तीमा नदी पसी जनताले दुःख भएको हुँदा गुरुयोजनानुसार नदी नियन्त्रण गर्न बजेट छुट्याइने र तीन वर्षमा बर्दियालाई बाढीपीडितमुक्त बनाइने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २४ जेष्ठ २०७५, बिहीबार ०५:३०