१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

काठमाडौँ उपत्यकामा थपिए ९३४ काेराेना संक्रमित, पछिल्लाे २४ घण्टामा १० जनाकाे मृत्यु


१३ असाेज, काठमाडौँ । पछिल्लाे २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ९३४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा मात्र ७४७ जना, भक्तपुरमा ७३ जना र ललितपुरमा ११४ गरी ९३४ जना रहेका छन्। त्यस्तै

पछिल्लाे २४ घण्टामा नेपालमा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९१ पुगेको छ । त्यस्तै आज थप १ हजार ५१३ जना संक्रमित थपिएका छन् । आजसम्म संक्रमित हुनेको संख्या ७६ हजार २५८ पुगेको छ ।

आज ७३१ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म ५५ हजार ३७१ जनाले कोरोनालाई जितेका छन् । अहिले २० हजार ३९६ जनामा सक्रिय संक्रमण छ ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलवार १६:४६