१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

कोरोना संक्रमणबाट त्रिवि शिक्षण अस्पतालमा कार्यरत एक कर्मचारीको मृत्यु


१३ असोज, काठमाडौँ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कोरोना संक्रमणबाट एक कर्मचारीको मृत्यु भएको छ । अस्पतालमा कार्यरत ५७ वर्षीया महिला कर्मचारीको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका कोभिड फोकल पर्सन डा. सन्तकुमार दासले अस्पतालको प्रशासनमा कार्यरत ती महिलाको उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको जानकारी दिए ।

फाइल फाेटाे

उनलाई असोज ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।काेराेना  पुष्टि भएपछि उनि अस्पतालमै उपचाररत थिइन् । ति महिलामा  दम र थाइराइडको समस्या पनि देखिएको अस्पतालले जनाएको छ । आईसीयूमा उपचारकै क्रममा उनमा निमोनिया पनि देखिएको अस्पतालले जानकारी दिएकाे छ ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलवार १६:२४