१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

एनआईसी एशिया बैंकको २५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा


१३ असाेज, काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएकाे छ । बैंकले २५ हजार कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएकाे ३५ दिनभित्र निवेदन दिन बैंकले आग्रह गरेको छ ।


शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरु आवश्यक कागजपत्र ३५ दिन भित्र बैंककाे रजिष्टर्ड कार्यालय, ट्रेड टावर नेपाल, थापाथली काठमाडौँमा आइपुग्ने गरि निवेदन दिन सक्नेछन् । ३५ दिन भित्र कुनै पनि आवेदन नपरेमा प्रचलित नियमानुसार उक्त शेयर खरिद बिक्री सम्बन्धि प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलवार १४:०६