८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

नेको इन्स्योरेन्सले १० लाख ७० हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने


१३ असाेज, काठमाडौँ । नेको इन्स्योरेन्स कम्पनीले १० लाख ७० हजार २०६.८४ कित्ता संस्थापक शेयर लिलाम बिक्री गर्ने भएको छ । कम्पनीले आगामी असोज २० गतेपछि उक्त कित्ता बराबरको शेयर लिलाममा बिक्री गर्न लागेको हो ।

उक्त शेयरहरू खरिद गर्न चाहाने  इच्छुक संस्थापकहरू वा जाे काेही व्यक्ति, कम्पनी तथा संघ संस्थाहरूले असोज २० गते, मंगलबारबाट कार्तिक ४ गते, मंगलबारसम्म आवेदन पेश गर्न सक्नेछन् ।

शेयरकाे न्युनतम मूल्य प्रतिशेयर ३९५ रूपैयाँ ताेकिएकाे छ । त्यसैले लगानीकर्ताले साे वा साे भन्दा धेरै मूल्य अंकित गरि बाेलकबाेल गर्नुपर्नेछ ।

साथै, खरिद कर्ताले न्यूनतम ५ हजार कित्ताका लागि आवेदन दिनुपर्ने बताइएको छ । कम्पनीले यसका लागि सनराइज क्यापिटललाई शेयर बिक्री प्रवन्धकमा नियुक्ती गरिसकेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलवार १२:४६