११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

बसले स्कुटीलाई ठक्कर दिँदा १ बर्षे बालकसहित परिवारका तीनै जनाको मृत्यु


११ असोज, काठमाडाैँ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुर सिमरा-१ स्थित दुधौरा पुल नजिकै बसले स्कुटीलाई ठक्कर दिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । पथलैयाबाट निजगढतर्फ गइरहेको स्कुटरलाई बसले ठक्कर दिँदा बाराको निजगढ-१० निवासी २५ वर्षीय तीर्थमान स्याङ्तान, उनकी श्रीमती २३ वर्षीया ज्योति र १ वर्षका छोराको मृत्यु भएको बाराका डीएसपी गौतम मिश्रले जानकारी दिए । उनका अनुसार उनीहरु तीनै जनाको घटना स्थलमै मृत्यु भएको हो ।

मिश्रका अनुसार पथलैयाबाट निजगढतर्फ गइरहेको प्रदेश २-०००४ प ४४४२ नम्बरको स्कुटरलाई निजगढबाट पथलैयातर्फ आउँदै गरेको ना ४ ख ७२४४ नम्बरको बसले पूर्वपश्चिम राजमार्गअन्तर्गत सिमरा उपमहानगरपालिका १ को दुधौरामा आज बेलुकी पौने पाँच बजे  ठक्कर दिएको थियो। ठक्कर दिने बसका चालक हाल फरार रहेको र उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आईतवार १९:२२