८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

पत्रकार कुटपिट प्रकरणः पत्रकार महासंघ नुवाकोटका सचिव जगदिश खनाल प्रहरी हिरासतमा


११ असोज नुवाकोट । प्रहरीले पत्रकार कुटपिटमा संलग्न अर्का पत्रकारलाइ आइतबार पक्राउ गरी हिरासतमा लिएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटले आइतबार पत्रकार महासंघका सचिव समेत रहेका जगदिश खनाललाइ पक्राउ गरेर हिरासतमा लिएको छ ।

असोज ५ गते जिल्ला समन्वय समितिले बोलाएको समन्वय बैठकका क्रममा विदुर नगरपालिका वडा ४ मा रहेको सुखद पाहुना घरमा प्रेस युनियनका नेता समेत रहेका उत्तरगया दैनिकका सम्पादक शिव देवकोटा माथि कुटपिट भएको थियो । देवकोटाले कुटपिटको क्रममा ढाडमा गम्भीर चोट लागेको बताएका छन ।

देवकोटा कुटिएपछि ग्राण्डी अस्पताल काठमाडौँमा उपचार गर्न पुगेका थिए भने जिल्ला प्रहरी कार्यालय नुवाकोटमा सचिव खनालसहित अध्यक्ष कपिलदेव खनाल र सदस्य सुजित भण्डारी र तादी गाउँपालिकाका अध्यक्ष नारायण पाण्डेका विरूद्धमा किटानी जाहेरी दिएका थिए । प्रहरीले आरोपित मध्येका अन्य व्यक्तिको पनि खोजी भैरहेको जनाएको छ ।

नुवाकोटमा तादी र त्रिशुली नदीको दोहन गर्ने तस्करहरूसँग जनप्रतिनिधिनै मिलेर प्राकृतिक स्रोतको विनास हुन थालेपछि स्थानीयले खबरदारी गर्न थालेका छन । नदी दोहनकै विषयमा जनप्रतिनिधिसँग गरेको प्रश्नको विषयमा पत्रकारबीच कुटाकुट भएको प्रत्यक्षदर्शीले बताउँदै आएका छन ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आईतवार १९:३५