१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

जनरल इन्स्योरेन्सको आइपिओमा पहिलो दिनमै पर्यो माग भन्दा बढी आवेदन


११ असाेज, काठमाडौँ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आजदेखि निष्काशन गरेको साधारण शेयर (आइपिओ) मा पहिलो दिनमै माग भन्दा बढी आवेदन परेको छ । कम्पनीको आईपीओमा आइतबार ५ बजेसम्म करिब साढे ३२ लाख कित्ता शेयरको लागि आवेदन परेको हो ।

शेयर निष्काशक तथा बिक्री प्रबन्धक एनआईविएल एस क्पापिटलका अनुसार कम्पनीको आईपीओमा ९७ हजार १७० वटा आवेदनबाट ३२ लाख ४४ हजार ६३० कित्ता शेयरको लागि आवेदन परेको छ । यो कम्पनीले सर्वसाधारणको लागि निष्काशन गरेको २७ लाख ३० कित्ता भन्दा ५ लाख १४ हजार ६३० कित्ता बढी हो ।

जनरल इन्स्योरेन्स कम्पनीको साधारण शेयर (आइपिओ) असोज ११ गतेदेखि १४ गतेसम्म आवेदन गर्न सकिनेछ । जसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन गर्न पाइने व्यवस्था रेहको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आईतवार १८:०४