६ चैत्र २०८०, मंगलवार | Tue Mar 19 2024

कांग्रेस नेता दीपक खड्काले हाँकेको गाडीले किच्दा जेब्राक्रसिङमा हिडिरहेकी महिलाको मृत्यु


११ असोज, काठमाडाैँ । नेपाली कांग्रेसका नेता एवं पूर्व राज्यमन्त्री दीपक खड्काले चलाएको गाडीले किच्दा जेब्राक्रसिङमा बाटो काटिरहेकी एक महिलाको मृत्यु भएको छ । घटना असोज ७ गते भए पनि यो विषय सार्वजनिक भएको थिएन । असोज ७ गते खड्काले चलाएको गाडीले किच्दा मिहलाको मृत्यु भए पनि उनीसँगै गाडीले ठक्कर दिएका उनको श्रीमान भने घाइते रहेका छन ।

काठमाडाैँ महानगरपालिका वडा नम्बर ३ महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मुल सडक खण्डको जेब्रा क्रसिङमा २०७७ साल असोज ७ गते दिँउसो १२ः५० बजेको समयमा खड्काले चलाएको बा ११ च ४१४१ नम्बरको प्राडो गाडीले बुढानिलकण्ठ वडा नम्बर ६ को विक्रम कार्की र अनुपा पाण्डे कार्कीलाइ ठक्कर दिएर कुल्चिएको कार्कीका अाफन्त समेत रहेका अनेरास्ववियूका नेता किरण देउजाले जानकारी दिए ।

खड्काको गाडीले किचिएकी अनुपाको सोही दिन दिउँसो २ बजेर ५५ मिनेट जाँदा मृत्यु भएको देउजाले जानकारी दिए । खड्काले जेब्राक्रसिङमा मान्छे किचेर भागेका थिए । प्रत्यक्षदर्शीले किचिएका मानिसको उद्धार गरी त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि लगेका थिए तर अनुपा बाच्न सकिन्न् । मृतक अनुपाको शव त्रिवि शिक्षण अस्पतालमै रहेको छ भने खड्काका विरूद्धमा घाइते अवस्थामा रहेका उनका पतिले महानगरीय प्रहरी वृत महाराजगञ्जमा किटानी जाहेरी दिएका छन ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आईतवार १२:४६