१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

तीन लघुवित्त मर्जरमा जाने, यस्ताे बन्याे सहमति


१० असाेज, काठमाडाैँ । तीनवटा लघुवित्त संस्थाहरु मर्जरका लागि सहमत भएका छन् । शुक्रबार आरम्भ चौतारी लघुवित्त, सीवाईसी लघुवित्त र शालिग्राम लघुवित्तबीच मर्जरमा जाने सहमति भएको हो ।

आरम्भ चौतारी हाल दोस्रो बजारमा सूचीकृत भइसकेको कम्पनी हो भने सीवाईसी र शालिग्राम लघुवित्त आईपीओ जारी हुन बाँकी संस्था हो । बाँकी संस्थाको आईपीओका लागि छुट्याइएको पुँजी मर्जरपछि एफपीओ जारी गरेर वितरण गर्ने सहमति समेत भएको छ ।


बागलुङको सीवाईसी लघुवित्तको केन्द्रीय कार्यालयमा आयोजित छलफलमा मर्जरमा जाने सहमति जुटेको हाे । सहमतिपत्रमा आरम्भ चौतारीका अध्यक्ष जगत पोखरेल, सीवाईसीका अध्यक्ष पद्मनाथ शर्मा र शालिग्रामका अध्यक्ष कृष्णबहादुर थापाले हस्ताक्षर गरेका छन् ।

आरम्भ चौतारी र सीवाईसी राष्ट्रिय स्तरका लघुवित्त संस्था हुन् भने शालिग्राम प्रादेशिक स्तरको लघुवित्त संस्था हो ।

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार १२:५०