१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

जनरल इन्स्योरेन्सको आइपिओ मेरो शेयरको एपबाट भर्न नमिल्ने, यस्ताे छ कारण


९ असाेज, काठमाडौँ । जनरल इन्स्योरेन्सकाे (आइपिओ) मेरो शेयर एपबाट भर्न नमिल्ने भएकाे छ । जनरल इन्स्योरेन्सले असोज ११ गतेबाट निष्काशन गर्ने सर्वसाधारण शेयर (आइपिओ) मेरो शेयर एपबाट भर्न नमिल्ने भएको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससी)ले शेयर कारोबारहरू गर्नका लागि थप सहज बनाउने उद्देश्यले भदाै ३१ गतेबाट मेरो शेयरु एप सञ्चालनमा ल्याएको छ ।

मेरो शेयर एप सञ्चालनमा आएकाे भएपनि ११ गतेबाट निष्कासन हुन लागेको जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण शेयर (आइपिओ) भने मेरो शेयर एपबाट भर्न नमिल्ने भएको छ । सिडिएससीले मेरो शेयर एप गत साता नै सार्वजनिक गरेको भएपनि  पूर्ण रूपमा भने सञ्चालन भइसकेको छैन । यो एपको फुल भर्जन आएपछि मात्र यस एपबाट साधारण शेयर (आइपिओ) भर्न मिल्दछ । लगानीकर्ताहरूले वेभसाइटबाटै साधारण शेयर (आइपिओ) भर्नुपर्ने छ ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार १५:१२