१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

नेप्सेमा ६ वटा कम्पनीको २ करोड ६० लाख कित्ता शेयर सूचिकृत


९ असाेज, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यस साता ६ वटा कम्पनीको शेयर सूचीकृत भएको छ । नेप्सेको अनुसार लिवर्टी इनर्जी कम्पनी लिमिटेड, प्रभु बैंक लिमिटेड,एनएमबि बैंक लिमिटेड, छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ । नेप्सेमा सूचीकृत भएका ६ वटा कम्पनीहरूमा लिवर्टी इनर्जी कम्पनी लिमिटेड रहेकाे छ । जस्काे १ करोड ५० लाख कित्ता साधारण शेयर (आइपिओ) सूचीकृत भएकाे हाे ।

त्यस्तै प्रभु बैंक लिमिटेडकाे  १० प्रतिशत प्रभु बैंक डिबेन्चर २०८४’ को २० लाख कित्ता ऋणपत्र  सूचीकृत भएकाे छ । त्यसैगरी एनएमबि बैंक लिमिटेडकाे कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडलाई गाभेपश्चात कञ्चन डेभलपमेन्ट बैंककाे ४९ लाख ६७ हजार ६ सय ५५ कित्ता शेयर सूचीकृत भएकाे हाे ।

समाज लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २ लाख कित्ता साधारण शेयर (आइपिओ) नेप्सेमा सूचीकृत भएका हाे । त्सस्तै छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडकाे १ लाख ३५ हजार कित्ता बाेनस शेयर र एनएलजी इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे ३८ लाख ४२ हजार ४ सय ३७ दशमलव ५० कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भएका छ ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार १४:४६