१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

मेगा बैंकको १८ लाख कित्ता शेयर बिक्रीमा


९ असाेज, काठमाडौँ । मेगा बैंक लिमिटेडले असाेज ११ गते आइतबारबाट १८ लाख कित्ता शेयर लिलाम बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहको ११ लाख ३३ हजार ३४४ दशमलव ७० कित्ता र सर्वसाधारण समूहको ७ लाख ७ हजार ३९४ दशमलव ६३ कित्ता शेयर लिलाम  बिक्री गर्ने भएको हाे । याे शेयर खरिदका लागि लगानीकर्ताहरुले असोज १८ गतेभित्र आफूले खरिद गर्न चाहेको प्रतिकित्ता शेयर र दररेट खुलाई गोप्य शिलबन्दीमार्फत आवेदन दिन सक्नेछन् । त्यसका लागि न्यूनतम १ सय रूपैयाँ र त्यस भन्दा बढी कतिमा शेयर खरीद गर्न चाहेको हो ? स्पष्ट खुलाई आवेदन दिनुपर्ने मेगा बैंकले जनाएको छ ।


मेगा बैंकले २०७४ साल भदौ २७ गतेदेखि कात्तिक १४ गतेसम्म हदप्रद शेयरको बिक्री खुल्ला गरी आवेदन माग गरेको थियो । तर, त्यतिबेला संस्थापक तथा सर्वसाधारण समूहतर्फका शेयरहरुका लागि आवश्यक आवेदन नपरेकाले ती शेयरहरु अहिले बोलकबोलमार्फत बिक्री गर्न लागिएको मेगा बैंकले जनाएको छ । बैंकको निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार १२:२०