१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

सेयर दलालका अघि झुक्यो दुई तिहाइको सरकार, पुँजीगत लाभकर पुरानै विधिबाट गणना हुने


२३ जेठ, काठमाडौं । दुई तिहाइको बहुमतप्राप्त सरकारभन्दा सेयर दलाल बलिया देखिएका छन । सेयरका दलालहरुले एकैदिनमा सरकारलाई घुँडा टेकाइदिएका छन । बुधबारबाट कारोबार नै बन्द गरी ब्र्रोकर र लगानीकर्ता आन्दोलित भएपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको छ । बोनस र हकप्रद सेयरको अकिंत मूल्यमै पुँजीगत लाभकर लगाउने सरकोको निर्णय सपना बन्न पुगेको छ ।

अब पुरानै विधिबाट पुँजीगत लाभकर गणना गरिने भएको छ । अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभागलाई पत्र पठाएर पुरानै विधिबाट पुँजीगत लाभकर गणना गर्न आग्रह गरेको छ । योसँगै सेयर बजारका लगानीकर्ताहरुले सरकारको पछिल्लो निर्णयमा आपत्ति जनाउँदै जारी राखेको बिरोधका कार्यक्रम फिर्ता भएका छन ।

प्रकाशित मिति : २३ जेष्ठ २०७५, बुधबार १६:५०