८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

समाज लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत


८ असाेज, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर सूचिकृत भएको छ । संस्थाको २ लाख कित्ता शेयर सूचिकृत भएको हो । संस्थाकाे आइपिओलाई शेयर काराेबार गर्न समाज (SAMAJ) संकेत प्रदान गरिएको छ ।


तर लघुवित्तको कारोबार भने रोक्का रहेको छ। शेयर सूचीकरण हुनुभन्दा पहिले स्वास्तिक लघुवित्तसँग मर्जरमा जाने सम्झौता भएका कारण कारोबार रोक्का भएको हो। दुई लघुवित्तबीच असोज ५ गते मर्जरमा जाने सम्झौता भएको थियो।

 

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहीबार १५:०७