६ चैत्र २०८०, मंगलवार | Tue Mar 19 2024

सक्रिय संक्रमितकाे संख्या २५ हजार नाघे फेरि लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस


७ असाेज, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सक्रिय संक्रमितको संख्या २५ हजार पुगेको खण्डमा लकडाउन गर्नुपर्ने सिफारिस  सरकारलाई गरेको छ। । कोरोना संक्रमण दर तीव्र गतिमा बढेको निचोडसहित मन्त्रालयले सबै सार्वजनिक सेवा र व्यवसाय बन्द गर्न सिफारिस गरेको हो ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको इन्सिडेन्ट कमाण्ड सिस्टमको बुधबार बिहान बसेको बैठकले फेरि एक महिना सबै सार्वजनिक सेवा र व्यवसाय बन्द गर्न सिफारिस गरिएको प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमले बताएका छन्। अहिले देशभर कोरोना संक्रमणका १७ हजार सक्रिय संक्रमित रहेका छन्।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार १७:३१