६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

नुवाकोट गोल्डकपः रुपन्देहीलाई ३–० ले हराउँदै पुलिस क्लब सेमिफाइनलमा


२२ जेठ, नुवाकोट । नुवाकोटमा जारी ‘नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता’मा नेपाल पुलिस क्लबले ३–० गोल अन्तरले रुपन्देही–११ लाई हराउदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

बट्टारस्थित खेल मैदानमा आज भएको प्रतिस्पर्धामा नेपाल पुलिसलाई विजयी गराउन खेलको पहिलो हाफको ३० मिनेटमा अभिषेक रिजाल र दोस्रो हाफको ५५ र ८६ मिनेटमा सुमन लामाले दुई गोेल गरेका थिए ।

नेपाल पुलिसले अब फाइनल प्रवेशका लागि बिहीबार कास्की–११ सँग प्रतिस्पर्धा गर्ने भएको छ । प्रतियोगिता अन्तर्गत बुधबार घरेलु टोली नुवाकोटले थ्रीस्टारसँग प्रतिस्पर्धा गर्दैछ ।

जिल्ला खेलकुद विकास समिति र नुवाकोट जिल्ला फुटबल संघको संयुक्त आयोजनामा भएको प्रतियोगिताको बिजेतालाई रु पाँच लाख र उपविजेतालाई रु तीन लाख पुरस्कार रहेको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७५, मंगलवार २०:०७