१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

कान्ति बाल अस्पतालमा आकस्मिक सेवा निःशुल्क


६ असोज, काठमाडौँ‌ । कान्ति बाल अस्पतालले गरिब तथा विपन्न नागरिकका लागि आकस्मिक उपचार सेवा निशुल्क सुरु भएकाे छ । अस्पतालले मंगलबार एक सूचना जारी गर्दै सरकारको नीति तथा कार्यक्रममा उल्लेख भए बमोजिम गरिब, विपन्न तथा साथमा कोही नभएका बिरामीका लागि प्रारम्भिक आकस्मिक सेवा निशुल्क गरिएको जनाएको छ ।

अस्पतालका निर्देशक डा.कृष्ण पौडेलले सरकारको नीति तथा कार्यक्रममा सम्बोधित गरिब तथा विपन्न नागरिकको आकस्मिक उपचार निशुल्क कार्यक्रम कार्यान्वयन गरेको बताए । अस्पतालमा गरिब तथा बिपन्नको प्रारम्भिक चरणको आकस्मिक उपचार गर्दा अब पैसा नलाग्ने उनले बताए । यसले धेरै विपन्न बालबालिकालाई राहत हुने बताउँदै उनले भने, ‘ धेरै बालबालिका अब उपचार सेवाबाट बञ्चित हुनेछैनन् ।’

असोज १ गतेदेखि राष्ट्रिय ट्रमा सेन्टरले पनि विपन्नका लागि आकस्मिक निशुल्क सेवा शुरु गरेको थियो । संघीय अस्पतालमा पनि यो विपन्नहरुको लागि आकस्मिक निशुल्क सेवा सञ्चालन गर्ने तयारी भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलवार १३:३०