१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

सानिमा जनरल इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने, धितोपत्र बोर्डबाट पायाे अनुमति


५ असाेज, काठमाडाैँ । सानिमा जनरल इन्स्योरेन्सले सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनको लागि नेपाल धितोपत्र बोर्डबाटअनुमति पाएको छ । इन्स्योरेन्सले सोमबार बोर्डबाट आईपीओ निष्काशन गर्न अनुमति पाएको हो ।

कम्पनीले हाल कायम जारी पूँजीको ३० प्रतिशत अर्थात ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको हो । आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता पूँजी एक अर्ब पुग्नेछ ।

इन्स्योरेन्सले निष्काशन गर्न लागेको उक्त आईपीओलाई केयर रेटिङ्ग नेपालले ‘केयर एनपी वीवी प्लस’ रेटिङ्ग प्रदान गरेको छ । उक्त रेटिङ्गले कम्पनीको वित्तीय अवस्था मध्यम रहेको जनाउँछ। इन्स्योरेन्सको आईपीओ एनआईसी एशिया क्यापिटलले निष्काशन गर्नेछ ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार १७:५९