१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

विश्वमा काेराेना संक्रमितको संख्या ३ करोड १२ लाख नाघ्यो


५ असोज, वासिङ्टन । विश्वभरी कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड १२ लाख संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड १२ लाख ४३ हजार ३३९ पुगेको आइतबार प्राप्त समाचारमा जनााइएको छ ।

चीनको वुहानमा गत वर्ष पहिलो पटक देखिएको कोरोनाभाइरसबाट हालसम्म मृत्यु हुनेहरूको संख्या नौ लाख ६५ हजार नाघेको पनि सो विश्वविद्यालयले जनाएको छ । यद्यपी विश्वमा कोरोना भाइरस सङ्क्रमित दुई करोड २८ लाख ३५ हजार ६३२ व्यक्ति कोरोना मुक्त भएका छन् ।

कोरोनाभाइरसबाट विश्वमै सबैभन्दा धेरै सङ्क्रमण र मृत्यु अमेरिकामा भएको छ । हालसम्म अमेरिकामा ७,००४, ७६८ भन्दा बढी सङ्क्रमित भएका छन् भने २ लाख ४ हजार ११८ जनाको मृत्यु भएको उक्त विश्वविद्यालयले जनाएको छ । दोस्रो धेरै सङ्क्रमित भारतका छन् भने तेस्रो बढी सङ्क्रमित रहेको देश ब्राजिल हो ।

मृतकको संख्याको हिसाबले ब्राजिल दोस्रो स्थानमा छ भने भारत तेस्रो स्थानमा छ । भारतमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ५४ लाख ८७ हजार ५८० पुगेको छ । ब्राजिलमा १,३६,८९५ जनाले कोरोनाभाइरसबाट ज्यान गुमाएका छन् भने भारतमा हालसम्म ८७,९०९ जनाको मृत्यु भएको छ ।

रुस ११,०३,३३९ सङ्क्रमितसहित चौथो स्थानमा छ भने पाँचौँ स्थानमा रहेको पेरुमा ७,६८,८९५ व्यक्ति सङ्क्रमित छन्। विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाभाइरसबाट हालसम्म सबैभन्दा नराम्ररी प्रभावित देशका रूपमा अमेरिका, भारत र ब्राजिल रहे पनि पछिल्ला हप्तामा युरोपमा बढ्दो क्रममा सङ्क्रमण देखिएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार १४:५८