७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

दयालबहादुर शाहीका नाममा राजेन्द्र कुँवरको खुलापत्र


प्रिय कमरेड
कुशल छु कुशलताको कामना, तपाईंको काठमाडाँै बसाई राम्रै होला अनि कम्युनिष्ट पार्टीको संगठन निर्माण गर्न आधारभुत तहका जनताका बीचमा पुग्न त समय छैन होला, होस पनि कसरी ? ग्रामीण तहका जनताकाबीचमा आउदा त तपाईले अहिले गर्दै आएको कामकाज जाने पक्का होला अनि कसरी आउनु यो क्षेत्रमा ? काम पनि कम हो र हरेक दिन शक्ति केन्द्र धाउने सामाजिक सञ्जाल र पत्रपत्रिकामा नेताहरुलाई लाजै नमानी गाली गलौज गर्ने ।

तपाईलाई राम्रो हेक्का हुनुपर्छ जनताका विचमै निरन्तर गएकै कारणले कर्ण थापा मन्त्री, लालबहादुर थापा संघीय सांसद र प्रकाश शाह प्रदेश मन्त्री बन्नु भएको छ । यो तथ्य कसैले लुकाएर लुक्दैन ।

पछिल्लो पटक दयाल कमरेडले प्रदेश ७ का संयोजक पूर्वमन्त्री पार्टी उपाध्यक्ष भीम रावल र प्रदेश ६ का सहसंयोजकका बारेमा समाजिक सञ्जालमा लेखेर आफ्ना मालिकको चाकरी गर्न भ्याउनु भएको खबरले म तिन छक्क परे ।

कमरेड दयालजी केन्द्रीय उपाध्यक्ष भीम रावल जुन बेला जेल, राजकाज मुद्दा र जेल विद्रोह झेल्दै सुदरपश्चिममा कम्युनिष्ट राजनीति फैलाई रहनुभएको थिया, विद्यार्थीदेखि बुद्धिजीविहरुको नेतृत्व गर्दै निरंकुश पञ्चायतविरुद्ध लडिरहनु भएको थियो त्यसबेला दयाल बहादुर शाही शायद भर्खरै आमाको दूध चुसिरहेका थिए ।

भीम रावल अछाम, प्रदेश नं.७ मा मात्र होइन देशभरि नै कटिबद्ध, सक्रिय, इमान्दार र देशभक्त नेताको रुपमा स्थापित र लोकप्रिय हुुनुहुन्छ । दयाललाई किन रिसले पोलेका होला ? दश वर्षसम्म सेती अञ्चल इञ्चार्ज भएर काम गरेका भीम रावलले एमालेको विस्तार र विकास गरिरहँदा बहुबिबाहमा कार्वार्हीमा परेका कर्ण थापालाई कावाही गरिनु हुन्न भन्दै सामन्ती प्रवृत्तिको पृष्ठपोषण गरेबापत दयाल शाही आफै कार्बाहीमा परेका थिए ।

दयालजी बहु विबाहलाई नेकपा एमालेको बिधान अनि बिधान अनुसार गठन भएको अनुशासन आयोगले बनाएको निर्देशिका कसले छुट दिएको छ ? देखाउन खुल्ला चुनौति दिन्छु । अनि किन वकालत गर्नुभयो बहुबिबाहको ?

त्यसपछि काठमाडाँै पलायन भएर विभिन्न पत्रपत्रिकामा आर्थिक लाभको आधारमा कहिले कसको विरुद्धमा र कहिले कसको विरुद्ध विषवमन गर्दै जीवन चलाइरहेका दयाल शाही प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको बेला एकैचोटी मौका छोप्न बाजुरा पुगेका थिए । कुनैपनि स्थान नपाएपछि फेसबुके राजनीतिमा विक्षिप्त भएर ओर्लेका छन् ।

एमालेलाई कमजोर पार्दै गुटबन्दी गर्ने र अन्ततः नेपाली कांग्रेस लगायतका प्रतिक्रियावादीहरुका सामु आत्मसर्पण गर्नेहरुको प्रशंसाको पुल बाँधेर दयाल शाहीले आफु पनि त्यतै छिर्ने पृष्ठभूमि बनाउन फेसबुकमा बिषवमन गरेका हुन् कि ?

अछाम जिल्लामा नेपाली कांग्रेसका विरुद्ध ठूलो संघर्ष गर्दै एमालेलाई १ नम्बरको पार्टी बनाउने र शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेला प्रदेश नं. ७ मा एमालेलाई १ नम्बर पार्टी बनाउन सफल भीम रावललाई असफल नेता देख्ने र अनर्गल प्रचारको मुखवीर बन्ने दयाल शाहीको आँखामा तथ्य देख्नसक्ने चश्मा समेत आवश्यक रहेको स्पष्ट हुन्छ ।

भीम रावलकाविरुद्ध अमुक व्यक्तिहरु एकजुट भएको भन्ने निकृष्ट गुटबन्दीको घोषणा गरेर नेकपा (एमाले) जस्तो अनुशासित पार्टीका कार्यकर्तालाई लज्जित तुल्याउने धृष्टता नगर्दा नै दयाल प्रबृत्तीको स्वास्थ राम्रो रहने थियो कि ?

दयलजी एमाले अछामका अध्यक्ष शेरबहादुर कुवँरका बारेमा पनि केही शब्द लेख्नु भएको रहेछ त्यसका लागि धेरै धेरै धन्यबाद पार्टी संगठनको काम गर्ने अनि निरन्तर जिल्लामा बसेर जनताको सेवा गर्नेहरु नै तपाइका दुस्मन हुन भने हाम्रो भन्नु केही छैन । देश शसस्त्र द्धन्द्धमा जलिरहेको बेला अछाम जिल्लाको सदरमुकम मंगलसैनमा बसेर अछामी जनताको सेवामा लागी रहनेको नाम हो शेरबहादुर कुवँर ।
अन्त्यमा,
प्रदेशसभा, प्रतिनीधिसभा, राष्ट्रियसभामा समानुपातिक सदस्य र राजनीतिक नियुक्तीमा जहिले पनि अछामले मात्र अवसर लिएको विषयमा कहाबाट कस्ले प्रतिनीधित्व गरेको छ भन्ने कुरा त दयालजी जस्तो लेखकले हेरेकै होला स्वयं पनि नियुक्ती खानेमा दर्ज हुनुभएकै हो । र यो कुरा कसैले भुलेका छैनन् ।

राजेन्द्र कुँवर 
पायल अछाम

प्रकाशित मिति : १३ फाल्गुन २०७४, आईतवार २०:४२