१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

नेकपा सचिवालय बैठक मंगलबारसम्म स्थगित


५ असाेज, काठमाडाैँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक मंगलबारसम्मका लागि सरेको छ । आज दिउँसो १ बजे बस्ने भनिएकाे सचिवालय बैठक मंगलबारसम्म सरेको हो ।

बैठक मंगलबार १२ः३० बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् । उनले ट्विटरमा भनेका छन्, ‘हाम्रो पार्टीको आज अपरान्ह १ बजे पेरिसडाँडामा बस्ने गरी तय भएको केन्द्रीय सचिवालयको बैठक भोलि असोज ६ गते १२ः३० बजे बालुवाटारमा बस्ने भएको छ ।

आइतबार तत्कालीन माओवादी मुख्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठकले मुख्य चारवटा बैठकको कार्यसूची तय गरेको थियो । पहिलो नम्बरमा रहेको मन्त्रि परिषदको पुनर्गठनको कार्यसूचीमाथि आइतबार छलफल सकिएको छ । बाँकी कार्यसूचीमा पार्टी एकताका बाँकी काम टुङ्ग्याउने, संवैधानिक निकायमा बाँकी नियुक्तीका विषयमा छलफल गर्ने, एकता महाधिवेशन तयारीको काम लगायत विविध विषयमा छलफल गर्न बाँकी रहेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार १२:३५