१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

एनआरएन लघुवित्तले एफपिओ निष्काशन गर्ने


५ असाेज, काठमाडौँ । एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ । असोज ४ गते बसेको संचालक समितिको बैठकको निर्णयानुसार कोरोनाका कारण स्थगित संस्थाको विशेष साधारणसभा असोज १८ गते आइतबार धनगढी, कैलालीस्थित होटल दिनेशमा विहान ११ बजेदेखि सुरु हुनेछ ।


संस्थाको नाम ठेगाना परिवर्तन सम्बन्धमा नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार संस्थाको नाम परिवर्तन गरी प्रवान्धपत्र र नियमावली सम्बद्ध दफाहरु संसोधन गर्ने र कर्पोरेट कार्यालय काठमाडौँमा स्थापना गर्ने सम्बन्धमा नाम परिवर्तन पश्चात संस्थाको कार्यालय बुढानिलकण्ठ नगरपालिका ९, काठमाडौँमा स्थापना गर्ने, सर्वसाधारणलाइ शेयर (FPO)जारी गर्ने लगायत विषयमा छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार १२:०९