८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

राजनीतिक आडमा सर्वोच्चको आदेश धोति लगाउने नुवाकोटका पाँच क्रसर सिल


४ असोज, नुवाकोट । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले सम्मानित सर्वोच्च अदालतको आदेश समेत धोति लगाएर नदीको दोहन गर्ने पाँच क्रसर सिल भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरे नेतृत्वको अनुगमन टोलीले अनुगमन गरेर मापदण्ड विपरित सञ्चालनमा रहेका क्रसरमा सिल गरेको हो । 

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार सम्मानित सर्बोच्च अदालतको आदेश अनुरुप नुवाकोट जिल्लाको तादी र त्रिशुली नदीको किनारमा रहेको क्रसर उद्योगहरु प्रचलित कानुन र मापदण्ड अनुरुप सञ्चालन नभएको पाइएकाले बन्द गरिएको हो । असोज २ गते एक उद्योग बन्द गराएको प्रशासनले आइतबार अन्य चार उद्योग पनि बन्द गराएको छ ।

यो पनि पढ्नुहोस्

नुवाकोटमा गैरकानुनी रूपमा सञ्चालित क्रसर बन्द, राजनीतिक गुण्डागर्दी अन्त्य गर्न माग

क्रसर सञ्चालनका लागि अदालतको आदेशसँग स्थानीय तहको कुनै सरोकार हुँदैनः अध्यक्ष खतिवडा

नुवाकोटको अबैध उत्खनन् प्रकरणः अदालतको आदेश सबैले मान्नुपर्ने नेताहरूको निष्कर्ष

वर्ड स्टोनमात्र हैन अबैध रूपमा चलेका नुवाकोटका सबै क्रसर बन्द हुन्छनः प्रजिअ ढकाल

नुवाकोटका खोला तस्करको कब्जामा, जनप्रतिनिधिको सेटिङमा सर्वोच्चको आदेश धोति लगाए

-‘तस्करहरूको स्वर्ग बनिरहेको छ नुवाकोट, सचेत युवा मुखमा सुपर ग्लु लगाएर नबस’

नुवाकोटकाे बेलकोटगढीमा अवैध रुपमा बालुवा उत्खनन् गर्ने ११ सवारी साधन नियन्त्रणमा

-नुवाकोटमा नदीजन्य पदार्थ उत्खनन र ओसारपसारमा संलग्न गाडी नियन्त्रणमा

खोलामा डोजरको रजाइँ चल्दा सिंचाइ योग्य जमिन मरूभूमि बन्दै, नियन्त्रणमा निरीह प्रशासन

विभिन्न आयोजनाका नाममा अनुमति लिएर अर्कै प्रयोजनमा नदीको दोहन गरीरहेका त्यस्ता उद्योगमा सिल गरिएको हो । बन्द गरिएका सबै उद्योग मापदण्ड विपरित रहेको प्रहरीले जनाएको छ । नेकपा र नेपाली कांग्रेसका केही नेताको आडमा नदीको दोहन गरिरहेका उद्योग बन्द भए पनि स्थानीयले भने फेरि खुल्ने शंका गरेका छन । यद्यपी उनीहरूले प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले लिएको पहलकदमीका लागि धन्यवाद दिएका थिए ।

बन्द गरिएका क्रसर  उद्योगहरूमा विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित, नेकपा नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडाको संरक्षण तथा नेपाली कांग्रेसका नेता रमेश महतको प्रमुख लगानीमा सञ्चालनमा रहेको विदुर नगरपालिका वडा नम्बर ५ मा रहेको वर्डस्टोन क्रसर उद्योग असोज २ गते नै बन्द भएको थियो ।

आइतबार प्रशासन र प्रहरीको टोलीले लिखु गाउँपालिका वडा नम्बर ४ मा रहेको क्षेत्रपाल क्रसर उद्योग, तादी गाउँपालिका वडा नम्बर १ मा रहेको सूर्य कुण्ड रोडा ढुङ्गा उद्योग, तादी गाउँपालिका वडा नम्बर ३ मा रहेको दुप्चेश्वर रोडा ढुङ्गा उद्योग, पंञ्चकन्या गाउँपालिका वडा नम्बर २ मा रहेको नेशनल लाईभ ‍एण्ड स्टोन कम्पनी रहेका छन । नुवाकोटमा अबैध रूपमा क्रसर उद्योगहरू चलिरहेको नदी जन्य सामग्रीको तस्करी भैरहेको बारेमा दैनिकीले निरन्तर फलोअप समाचार प्रकाशित गर्दै आएको थियो ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आईतवार २०:४४