१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

नेकपा सचिवालय बैठकले अघि बढायो मन्त्रिपरिषद पुनर्गठनको गृहकार्य


४ असोज, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले औपचारिक रुपमा मन्त्रिपरिषद पुनर्गठनको गृहकार्य अघि बढाएको छ । आइतवार पार्टीको केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठन प्रक्रियालाई अघि बढाएको हो।
प्रवक्ता नारायणकाजी श्रेष्ठले दिनुभएको जानकारी अनुसार आजको बैठकले पहिलो एजेण्डाका रुपमा मन्त्रिपरिषद पुनर्गठन मापदण्ड तय गरेको छ । श्रेष्ठका अनुसार आजको सचिवालय बैठकले मन्त्रिपरिषद पुनर्गठन मापदण्डसहित चार ओटा कायूसूची तय गरेको छ ।

‘केही समय अगाडि सम्पन्न स्थायी कमिटीको निश्कर्ष र निर्णयहरुलाई कार्यान्वयन प्रक्रियामा लैजाने सिलसिलामा आजको सचिवालय बैठक बसेको हो । यो बैठकले चार ओटा कार्यसूची निश्चित गरेर छलफल प्रारम्भ गरेको छ । पहिलो मन्त्रिपरिषदको पुनर्गठनबारे राखिएको छ ।

मन्त्रिपरिषद पुनर्गठन स्थायी कमिटीको निर्णयअनुसार गर्ने तय भएको छ । पुनर्गठनका सन्दर्भमा सचिवालयमा बिभिन्न कोणबाट नीतिगत रुपमा सुझाव दिएको छ । ब्यक्तिहरुका नामका सन्दर्भमा भने आज छलफल नभएकाे श्रेष्ठले जानकारी  दिनुभयाे। क्राइटेरियाहरुको बारेमा बिभिन्न सुझाव दिएका छौँ,’ प्रवक्ता श्रेष्ठले भन्नुभयो ।नेकपा सचिवालय बैठक भोलि १ बजे पुनः पेरिसडाँडामा बस्ने छ ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आईतवार १६:१६