४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

मेगा बैंकले ११ लाख कित्ता शेयर लिलाम गर्दै


४ असाेज, काठमाडाैँ । मेगा बैंक लिमिटेडले संस्थापक समूहको ११ लाख ३३ हजार ३ सय ४४ कित्ता शेयर लिलामीमा बिक्री गर्ने भएको छ ।
बैंकले संस्थापक समूहको ११ लाख ३३ हजार ३ सय ४४ दशमलव ७० कित्ता र सर्वसाधारण समूहको ७ लाख ७ हजार ३९४ दशमलव ६३ कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको हाे ।


बैंकले उक्त शेयर असाेज ११ गतेबाट बिक्रीका खुल्ला गर्ने जनाएकाे छ । उक्त शेयरको न्यूनतम मूल्य प्रतिशेयर १ सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्युनतम १ सय कित्ता र अधिकतम १ लाख कित्ताको लागि असोज ११ गतेदेखि असोज १८ गतेसम्म आवेदन दिन सक्नेछन् । बैंकको निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आईतवार १४:१६