१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

उपयुक्त समयमा आवश्यक निर्णय हुन्छ मेरो नाममा सडकमा तमासा नदेखाउनुसः कुलमान घिसिङ


३ असोज, काठमाडाैँ । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो नाममा सडकमा तमासा प्रदर्शन नगर्न अपिल गरेका छन । शनिबार एउटा सन्देश दिँदै उनले आफ्नो पक्षमा प्रदर्शन नगरिदिन अनुरोध गरेका छन । केही व्यक्तिले कुलमानलाई प्राधिकरणमा पुनःनियुक्ति गर्नुपर्ने भन्दै स्वास्थ्य मापदण्ड विपरित सडकमा रमिता प्रदर्शन गरिरहेका छन ।

कुलमानले भनेका छन ‘विश्वव्यापी रुपमा फैलिएको कोभिड—१९का कारण नेपाल पनि आक्रान्त भएको बेला मलाई प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिनु पर्ने माग राखी महामारीको संवेदनशील अवस्थामा सडकमा भिडभाड गरी प्रदर्शन नगरिदिनुहुन सबैलाई हार्दिक अनुरोध गर्दछु ।’

कुलमानले प्राधिकरणको कार्यकारी नेतृत्वको निरन्तरता वा परिवर्तन नियमित एवं स्वाभाविक प्रक्रिया भएकाले यसलाई हामी सबैले आत्मसाथ गर्नुपर्ने बताउँदै सरकारले आफूलाई कार्यकारी निर्देशक नियुक्त गर्दा दिएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी चार वर्षे कार्यकाल पूरा गरेको बताएका छन । उनले सरकारबाट उपयुक्त समयमा आवश्यक निर्णय हुने बताएका छन ।

यस्तो छ कुलमानको विज्ञप्ति 

नेपाल विधुत प्राधिकरणको कार्यकारी निर्देशकमा मेरो पुनः नियुक्तिको माग गर्दै केही दिनदेखि संघिय राजधानी काठमाडौं उपत्यका सहित देशका विभिन्न ठाउमा भैरहेको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएकोे छ । नेपाल सरकारले मलाई कार्यकारी निर्देशकमा नियुक्ति गर्दा दिएको जिम्मेवारी मैले सफलतापूर्वक सम्पन्न गरी चार वर्षे कार्यकाल पूरा गरेको छु ।

प्राधिकरणको कार्यकारी निर्देशको नेतृत्वको निरन्तरता वा परिवर्तन नियमित एवॅ स्वाभाविक प्रकृया भएकोेले यसलाई हामी सबैले आत्मसाथ गर्नै पर्छ ।प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्नै सम्पूर्ण अधिकार नेपाल सरकारमा निहित भएकाले यस बिषयमा उपयुक्त समयमा आवश्यक निर्णय हुने नै छ ।

विश्वब्यापि रूपमा फैलीएकोे कोभिद -19 का कारण नेपालमा पनि अत्रान्ता भएकोे बेला मलाई प्राधिकरण को कार्यकारि निर्देशक मा निरन्तरता दिनु पर्ने भन्ने माग राखी माहामारि संवेदनशील अबस्था मा सडक मा भिडभाड गरी प्रर्दशन नगरी दिनु हुन सबै लाई हार्दिक अनुरोध गर्दछु ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार ११:४१