७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

५९४ जना व्यक्ति विभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मानित हुने (कसले पाउँदै छन ? सूचीसहित)


३ असोज, काठमाडाैँ । सरकारले संविधान दिवसको अवसरमा ५९४ जना व्यक्तिलाई विभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मानित गर्ने घोषणा गरेको छ । गृह मन्त्रालयले शनिबार गोरखापत्र दैनिकमा एउटा सूचना प्रकाशित गरी विभिन्न पेशामा रहेका ५९४ जना व्यक्तिलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विभुषित गर्ने निर्णय गर्नुभएको जानकारी दिइएको छ ।

गृह मन्त्रालयले सार्वजनिक गरेको उक्त सूची उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको नेतृत्वमा रहेको विभुषण सिफारिस समितिको सिफारिसमा मन्त्रीपरिषद्ले निर्णय गरी राष्ट्रपति भण्डारी समक्ष सिफारिस गरेको थियो । यसपटक नेपाल रत्न कसैलाई पनि दिइएको छैन । सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) बाट आँखा रोग विशेषज्ञ वरिष्ठ चिकित्सक डा. सन्दुक रुइतलाई दिने निर्णय भएको छ ।

त्यस्तै प्रसिद्ध प्रवल जनसेवा श्री (द्धितिय)बाट सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्की, अख्तियारका निवर्तमान प्रमुख आयुक्त नविनकुमार घिमिरे, प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाइ दिने निर्णय भएको छ । सम्मान गर्ने घोषणा गरिएका व्यक्तिहरूलाइ आगमी २०७८ साल जेठ १५ गतेको गणतन्त्र दिवसका दिन राष्ट्रपति विद्यादेवी भण्डारीले शिलत निवासमा आयोजना हुने विशेष समारोहमा विभुषित गर्नुहुनेछ ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार ०९:५७