८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

नुवाकोटमा गैरकानुनी रूपमा सञ्चालित क्रसर बन्द, राजनीतिक गुण्डागर्दी अन्त्य गर्न माग


-प्रतिमा ढुगाना

२ असोज, नुवाकोट । नुवाकोटमा गैरकानुनी रूपमा सञ्चालनमा रहेको वर्ड स्टोन क्रसर बन्द भएको छ । राजनीतिक संरक्षणमा सञ्चालित उक्त क्रसरलाइ नेपाली कांग्रेस, नेकपाका नेताहरू र विदुर नगरपालिका मेयरले प्रमुख रूपमा संरक्षण गरेका थिए ।

एउटा आयोजनाका नाममा निश्चित सामग्री उत्खनन गर्ने अनुमति लिएर गिटी र बालुवा तस्करी हुँदै आएको विषय दैनिकी डटकम लगायतका सञ्चार माध्यमले निरन्तर उठाउँदै आएका थिए । जिल्ला प्रशासन कार्यालय नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेको नेतृत्वमा गएको टोलीले अवैध रुपमा सञ्चालनमा रहेको वर्ड स्टोन बन्द गराएको हो ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले दैनिकीसँगको कुराकानीमा सर्वोच्चको आदेश कार्यान्वयनका क्रममा क्रसर बन्द गराइएको पुष्टि गर्नुभयो । उक्त क्रसरले गरिरहेको तस्करीका विषयमा नेकपा नुवाकोटका अध्यक्ष समेत रहेका सांसद हिरानाथ खतिवडाले सर्वोच्चको आदेशलाइ समेत चुनौती दिँदै खुलेआम समर्थन गर्दै आएका थिए ।

तस्बीरमा प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल र पृष्ठभूमिका शुक्रबार बन्द गरिएको वर्ड स्टोन क्रसर ।

नेपाली कांग्रेस नुवाकोटको सभापतिमा पराजित भएका जस्ता काण्डका चर्चित पात्र रमेश महत, नेकपाका नेताहरू राजाराम अधिकारी सञ्जिव श्रेष्ठ, व्यवसायी विनोद श्रेष्ठ लगायतले संयुक्त लगानीमा विदुर नगरपालिका वडा नम्बर ५ मा क्रसर सञ्चालन गरिएको थियो । क्रसरले ज्यादती गरेको भन्दै स्थानीय बन्द गराउन भन्दै जिल्ला प्रशासन कार्यालय नुवाकोटमा निवेदन समेत दिएका थिए ।

सर्वोच्चको आदेश समेत स्थानीय तहले मान्नु नपर्ने र आफूसँग सबै अधिकार भएको भन्दै विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले क्रसर सञ्चालन गराएका थिए । कानुनी रूपमै तस्करी हुने गरी एउटा आयोजनाको नाममा अनुमति लिएर त्यस आयोजनाका लागि भन्दा पनि अन्य कामका लागि क्रसरले व्यापार गर्दै आएको थियो ।

यो पनि पढ्नुहोस्

क्रसर सञ्चालनका लागि अदालतको आदेशसँग स्थानीय तहको कुनै सरोकार हुँदैनः अध्यक्ष खतिवडा

नुवाकोटको अबैध उत्खनन् प्रकरणः अदालतको आदेश सबैले मान्नुपर्ने नेताहरूको निष्कर्ष

वर्ड स्टोनमात्र हैन अबैध रूपमा चलेका नुवाकोटका सबै क्रसर बन्द हुन्छनः प्रजिअ ढकाल

नुवाकोटका खोला तस्करको कब्जामा, जनप्रतिनिधिको सेटिङमा सर्वोच्चको आदेश धोति लगाए

-‘तस्करहरूको स्वर्ग बनिरहेको छ नुवाकोट, सचेत युवा मुखमा सुपर ग्लु लगाएर नबस’

नुवाकोटकाे बेलकोटगढीमा अवैध रुपमा बालुवा उत्खनन् गर्ने ११ सवारी साधन नियन्त्रणमा

-नुवाकोटमा नदीजन्य पदार्थ उत्खनन र ओसारपसारमा संलग्न गाडी नियन्त्रणमा

खोलामा डोजरको रजाइँ चल्दा सिंचाइ योग्य जमिन मरूभूमि बन्दै, नियन्त्रणमा निरीह प्रशासन

क्रसरको विषयमा समाचारहरू सार्वजनिक भएपछि क्रसरका केही सञ्चालकले उजुरीकर्ताहरूलाइ प्रलोभन देखाउने र धम्काउने काम समेत गरेको स्थानीयले गुनासो गरेका थिए । विदुर नगरपालिका वडा नम्बर ५ का अध्यक्ष शिव चित्रकारको आफन्तले सित्तैमा एक टिप गिटी नपाएको विषय बढ्दै जाँदा अन्ततः क्रसर उद्योग नै बन्द हुन पुगेको छ । वडा अध्यक्षका आफन्तले गिटी लिएर भागेपछि सञ्चालकहरूले प्रहरी लगाएर पैसा उठाएका थिए । विवाद जेबाट सिर्जना भएको भए पनि नेताहरूलाइ खाजस्व र स्थानीय सरकारलाइ राजस्व तिरेर अदालतको आदेशविपरित चलेको क्रसर बन्द हुनु नदीको संरक्षणका लागि निकै महत्वपूर्ण विषय हो ।

स्थानीयहरूले भने राजनीतिक गुण्डागर्दीको आडामा हुने प्राकृतिक स्रोत साधानको दोहन सधैँका लागि बन्द हुनुपर्ने माग गरेका छन । उनीहरूले अदालतको आदेशलाइ समेत धोती लगाएर राजनीतिक संरक्षण दिनु राजनीतिक गुण्डागर्दी भएको भन्दै यस्तो क्रियाकलापले कानुनी शासन स्थापना हुन नसक्ने बताएका छन ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार २०:१६