१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

एलिना चौहानकाे गीत ‘पन्छी’ सार्वजनिक


१ असाेज, काठमाडौँ । गायिका एलिना चौहानकाे नयाँ गीत ‘पन्छी’सार्वजनिक भएकाे छ । लोक आधुनिक स्वादका गीत चल्तीमा रहेको बेला एलिना चौहानको ‘पन्छी’ गीत भने केही फरक शैलीको रहेको छ । सुदीप आत्रेयको शब्द र किरण माइकल घिमिरेको संगीत रहेको गीतको भिडियोमा धन कमाउने सपना बोकेर बिदेश पुगेका नेपाली चेलीले भोग्नु परेको पीडा प्रस्तुत गरिएको छ ।

फरज अर्पणले निर्देशन गरेको गीतको भिडियोमा गायिका एलिना चौहान, नम्रता अर्याल, गणेश पौडेल, सन्तोषकुमार थीनलगायतले अभिनय रहेको छ । भिडियोमा निर्देशक अर्पणकै छायांकन र सम्पादन समेत रहेको छ ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार १८:१९